मेक्सिकोमा चर्च भत्किँदा १० जनाको मृत्यु, उद्धार कार्य जारी

नेपालभ्युज

मेक्सिकोमा चर्च भत्किँदा १० जनाको मृत्यु, उद्धार कार्य जारी

मेक्सिको । उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक चर्चको छाना भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार उद्धार कार्य जारी छ ।

मदेरो शहरको सान्ता क्रुज गिर्जाघर भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताए। तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved