एसियाली खेलकुद

माल्दिभ्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै, आज पनि बन्लान त विश्व रेकर्ड ?

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध नेपालले ११ वटा विश्व कीर्तिमान बनाएको थियो । आज पनि नेपाल विभिन्न विश्व रेकर्ड बनाउने दाउमा रहेको छ ।

नेपालभ्युज

माल्दिभ्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै, आज पनि बन्लान त विश्व रेकर्ड ?

काठमाडौं । चीनमा चलिरहेको १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले अहिले माल्दिभ्सविरुद्ध खेलिरहेको छ ।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध नेपालले ११ वटा विश्व कीर्तिमान बनाएको थियो । आज पनि नेपाल विभिन्न विश्व रेकर्ड बनाउने दाउमा रहेको छ ।

माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ । पहिलो रोजाईको टोली कतारमा आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोट ए खेलिरहेको छ । माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो ।

आज विजयी हुने टोली क्वार्टरफाइनलमा पुग्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved