एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, पाँच जनाको दाबी

नेपालभ्युज

एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, पाँच जनाको दाबी

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार मध्याह्न १२ बजेबाट मतदान सुरु हुनेछ ।

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएकाे छ । अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधि रहेका छन् ।

आज हुने निर्वाचनले एमाले एमाले कर्णालीमा पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved