कोशी एमाले अध्यक्षका लागि चारजना आकांक्षी, ढकाल र खतिवडाबीच चुनाव हुने सम्भावना प्रबल

अहिले अध्यक्षका लागि चारजना आकांक्षी भए पनि अन्तिममा विनोद ढकाल र घनाश्याम खतिवडाबीच चुनाव हुने सम्भावना प्रबल छ ।

नेपालभ्युज

कोशी एमाले अध्यक्षका लागि चारजना आकांक्षी, ढकाल र खतिवडाबीच चुनाव हुने सम्भावना प्रबल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।

अधिवेशनबाट प्रदेशको नेतृत्व लिनका लागि चारजना नेताले आकांक्षा व्यक्त गरेका छन् ।

यहाँ अधिवेशनबाट अध्यक्ष बन्न लागिपरेका एमाले नेताहरुमध्ये एक हुन्, तुलसी न्यौपाने । अहिलेका अध्यक्ष रहेका न्यौपाने फेरि पनि अध्यक्ष हुन चाहन्छन् । माधव नेपाल समूहको भएर पनि एमालेमै बसेका कारण उनी आफूलाई अध्यक्षका लागि स्वभाविक दाबेदार ठान्दछन् ।

त्यस्तै अध्यक्षका अर्का शक्तिशाली दाबेदार हुन्, विनोद ढकाल । विद्या भण्डारीनिकट ढकाल दुईपटक मोरङ एमालेको अध्यक्ष भइसकेका छन् ।

त्यस्तै पहिला माधव नेपाल गुटमै रहेका घनश्याम खतिवडा पनि एमाले कोशीको अध्यक्ष हुन बल गरिरहेका छन् । उनी एमाले मोरङको छैटो अधिवेशनबाट ढकालसँग जिल्ला अध्यक्षमा पराजित भएका थिए ।

टीकाराम चेम्जोङले प्रदेश अध्यक्षका लागि व्यापक लबिङ गरिरहेका छन् । वर्तमान प्रदेश कमिटीका उपाध्यक्ष चेम्जोङ ओलीनिकट छन् ।

अहिले अध्यक्षका लागि चारजना आकांक्षी भए पनि अन्तिममा विनोद ढकाल र घनाश्याम खतिवडाबीच चुनाव हुने सम्भावना प्रबल छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved