एमाले कर्णालीमा ‘जबरजस्त सहमति’को प्रयास

सर्वसम्मत नेतृत्व चयन हुन नसके आजै चुनावी कार्यतालिका सार्वजनिक हुनेछ ।

एमाले कर्णालीमा ‘जबरजस्त सहमति’को प्रयास

सुर्खेत । कर्णालीमा एमालेको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि दुई दिनदेखि छलफल जारी छ । असोज १० मा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्नका लागि ११ गते बिहान राखिएको बन्द सत्र कार्यक्रम ढिलो गरी सञ्चालन भएको थियो । कर्णालीमा एमालेको प्रदेश अध्यक्षका लागि गुलावजंग शाह, राजबहादुर शाही र मीनबहादुर आंकाक्षी रहेका छन् । उनीहरुलाई मिलाएर सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको एमाले स्रोतले जानकारी दिएको छ ।

सर्वसम्मत नेतृत्व चयन हुन नसके आजै चुनावी कार्यतालिका सार्वजनिक हुनेछ ।

बन्दसत्र सञ्चालनका लागि अध्यक्ष शाहले एमाले सचिव लेखराज भट्टको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डलको बनाएको छ ।

अध्यक्षमण्डलको सदस्यमा स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल, गोरखबहादुर बोगटी, पोलिटब्युरो सदस्य मोहन बानियाँ, भैरवसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, नीरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही, चन्द्रबहादुर विक र मोहनमाया ढकाल रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले बताए ।

बन्दसत्रको बहस नोट कमिटीमा कर्णबहादुर शाही, प्रेम बुढा र पूर्ण रोकाया रहेका छन् । यसैगरी माइन्युट कमिटीमा टेकेन्द्र बुढा, धनसिंह र इन्द्र केसी रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved