महिला फुटबल : नेपाल र बङ्गलादेशको खेल बराबरीमा टुंगियो

नेपालभ्युज

महिला फुटबल : नेपाल र बङ्गलादेशको खेल बराबरीमा टुंगियो

काठमाडौं। १९औं एसियाली खेलकुद महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन्।

बिहीबार भएको खेलमा नेपाल र बङ्गलादेशबीचको खेल १–१ को बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले अंक बाँडेका छन्।

बङ्गलादेशको लागि सबिना खातुनले गोल गरिन्। नेपालको लागि रेखा पौडेलले गोल फर्काइन्।

४३औँ मिनेटमा सबिनाले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाइन्। ८३औँ मिनेटमा रेखा थापाले नेपालका लागि हेडर गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याइन्।

यसअघि, भएको खेलमा नेपाल भियतनाम र जापानसँग पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved