एमाले कर्णालीमा पनि सहमतिको सम्भावना न्यून, प्यानल बनाउँदै शाह र शाही

प्रदेश अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही र सल्यानका गुलावजंग शाहबीच टक्टर हुने संम्भावना बढेको हो ।

नेपालभ्युज

एमाले कर्णालीमा पनि सहमतिको सम्भावना न्यून, प्यानल बनाउँदै शाह र शाही

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशको जारी अधिवेशनबाट चुनिने नेतृत्वका लागि आकांक्षा गर्नेहरू धेरै भए पनि अन्तिममा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चितप्रायः छ ।

प्रदेश अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही र सल्यानका गुलावजंग शाहबीच टक्टर हुने सम्भावना बढेको हो ।

केन्द्रमा एउटै गुटका भए पनि कर्णालीमा स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरखबहादुर बोगटीका गुट सक्रिय छन् । शाह कँडेल टिमबाट र शाही बोगटी टीमबाट अध्यक्षका लागि दाबेदार हुन् ।

शाही राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् । पछिल्लो समय उनी राजनीतिमा उतिसारो सक्रिय छैनन् ।

प्यानल बनाउँदै शाही र शाह

केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल समूहको नेतृत्व गरेका कँडेलले अधिवेशन सुरु हुनुभन्दा दुई दिनअघि नै उम्मेदवारको टिम घोषणा गरेका थिए ।

कँडेल टिमले कर्णाली अध्यक्षमा गुलावजंग शाह (सल्यान), उपाध्यक्षमा टेकराज पछाई (जुम्ला), सचिवमा ध्रुवकुमार शाही (सुर्खेत), उपसचिवमा रवीन्द्रराज शर्मा, सुशील थापा (दैलेख) र जितबहादुर मल्ल (मुगु) लाई प्रस्ताव गरेको छ ।

पार्टी महासचिव शंकर पोखरेल समूहको नेतृत्व गरिरहेका स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहले भने टिम निर्माणका लागि छलफल गरिरहेको छ । उनको टिमबाट अध्यक्षमा भने मीनबहादुर शाही उठ्ने पक्कापक्की भइसकेको छ ।

उनको टिमबाट उपाध्यक्षमा लालबहादुर महतराले उम्मेदवारी दिने तयारी गरेका छन् भने सचिवमा सचिवमा रुद्र शाहीको चर्चा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved