इराकको विवाह समारोहमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ११४ पुग्यो

नेपालभ्युज

इराकको विवाह समारोहमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ११४ पुग्यो

बगदाद। इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी १ सय १४ जनाको मृत्यु भएको छ ।

साथै, २ सयभन्दा बढी मानिस घाइते भएका छन् । प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको अल हम्दानिया शहरमा रहेको अल हैथम वेडिङ हलमा मंगलबार राति आगो लागेको थियो ।

आगोको कारण अझै पत्ता नलागेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल बद्रले स्थिति नियन्त्रणमा रहेको र मन्त्रालयले घटनाको अनुसन्धान थालेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved