पुरुष ब्याडमिन्टनमा मङ्गोलियामाथि नेपालको जित

नेपालभ्युज

पुरुष ब्याडमिन्टनमा मङ्गोलियामाथि नेपालको जित

काठमाडौं। १९औं एसियाली खेलकुदको पुरुष ब्याडमिन्टनमा नेपालले मङ्गोलियालाई पराजित गरेको छ।

बिनजियाङ जिम्नाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मङ्गोलियालाई पराजित गरेसँगै नेपाल क्वार्टरफाइनलमा पुगेको छ। अन्तिम १६ को पहिलो खेलमा नेपालका प्रिन्स दाहालले मङ्गोलियाका गेरेलसुख जार्गलसैखान लाई पराजित गरे। उनले २१–८ र २१–१४ ले गेरेलसुखमाथि जित हासिल गरे।

यस्तै, दोस्रो खेलमा सुनिल जोशीले मङ्गोलियाका खुतितुगुल्दुर ब्याम्बजवलाई २१–११ र २१–७ ले पराजित गरे। विष्णु कटुवाल भने मङ्गोलियाका सुमियासुरेन एन्खबतसँग २–१ ले पराजित भए। विष्णु २३–२१, २२–२४ र २१–१७ ले पराजित भए।

डबल्समा प्रिन्स र विष्णुले मङ्गोलियाका जोल्जाया मुंखबाट र एन्खबत ओलोन्बायरलाई २१–८ र २१–९ ले पराजित गरे।

यस्तै, महिलामा भने अनु माया राईले माल्दिभ्सकी अ‍ैशाथ अफ्नान रशिदलाई २–० ले पराजित गरिन्। उनले अ‍ैशाथलाई २१–९ र २१–११ ले पराजित गरिन्।

रशिला महर्जन माल्दिभ्सकी फाथिमा नबाहा अब्दुल रज्जाकसँग २–१ ले भइन्। नङसल तामाङ भने माल्दिभ्सकी अमिनाथ नबिहा अब्दुल रज्जासँग २–० ले पराजित भइन्।

डबल्समा भने रशिला र अनुमायाको जोडी फातिमाथ नबाहा र अमिनाथ नबिहासँग २–० ले पराजित भयो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved