आर्मेनियाको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु, सयौं घाइते

नेपालभ्युज

आर्मेनियाको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु, सयौं घाइते

आर्मेनिया। नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय अधिकारीका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो ।

अधिकारीहरूले घटनास्थलमा १३ वटा शव भेटिएका तथा तिनको परिचय नखुलेको तथा र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताएका छन् ।

आर्मेनियाका अधिकारीले भने दुई सय ९०भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको तथा तीमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जनाएका छन् ।

अजरबैजानले १० महिनादेखि इन्धन आपूर्तिमा अवरोध गरेको सन्दर्भमा उक्त डिपोमा इन्धन पाइने आशमा लामबद्ध भएका उपभोक्ता मारिएका हुन् ।

यसैबीच, नागोर्नो काराबाख क्षेत्रका १३ हजार पाँच सय आर्मेनियाली शरण खोज्दै येरेभान आएका सरकारी अधिकारीहरूले बताएका छन् । अजरबैजानी सेनाबाट असुरक्षा महसुस गर्दै सोमबार राति सात सयभन्दा बढीले रुसी शान्ति सेनाको शिविरमा आश्रय लिएका थिए ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका जातीय आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।- रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved