प्रधानमन्त्रीको चीन भ्रमण

संयुक्त वक्तव्यमा ‘भ्रमण वर्ष-२०२५’ : नेपालमै थिएन चर्चा

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यमा नेपाल भ्रमण–२०२५ को चर्चा हुनु र त्यसलाई चीनले समेत समर्थन जनाउनुले उत्साह थपेको छ । तर, नेपालले यसबारे अहिलेसम्म के-कस्ता तयारी गर्दैछ भन्ने बारे कुनै समाचार सार्वजनिक भएका छैनन् ।

नेपालभ्युज

संयुक्त वक्तव्यमा ‘भ्रमण वर्ष-२०२५’ : नेपालमै थिएन चर्चा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा मंगलबार जारी संयुक्त वक्तव्यको ११औं बुँदामा नेपालमा चिनियाँ पर्यटकलाई लक्षित गरी सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्न सहमति जनाइएको छ । नेपालमा भने यसबारे अहिलेसम्म कुनै चर्चा थिएन ।

नेपालले सन् २०२० लाई कम्तीमा २० लाख वैदेशिक पर्यटक भित्र्याउने उद्देश्यसहित भ्रमण वर्ष–२०२० को घोषणा र तयारी गरेको थियो । तर, कोभिड–१९ को महामारीपछि यो कार्यक्रम स्थान गरिएको थियो ।

कोभिड–१९ को अवधिमा थला परेको नेपालको पर्यटन उद्योग अझै राम्ररी तंग्रिन सकेको छैन । महामारीअघि सन् २०१९ मा सबैभन्दा धेरै ११ लाख ९९ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२० मा करिब ८१ प्रतिशतले गिरावट भएको थियो । उक्त वर्ष करिब दुई लाख ३० हजार पर्यटक मात्र नेपाल आएका थिए । सन् २०२१ मा झनै कमी भई १ लखा ५० हजार ९६२ विदेशी पर्यटक मात्र नेपाल आएका थिए।

आर्थिक वर्ष २०७९-८० मा पर्यटक आगमनको स्थितिमा सुधार भएको थियो । गत आर्थिक वर्षमा करिब चार लाख पर्यटक नेपाल भित्रिएका थिए । कोभिड–१९को महाव्याधिपछि नेपालको पर्यटन उद्योगले अझै अपेक्षित गति लिएको छैन ।

यस सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यमा नेपाल भ्रमण–२०२५ को चर्चा हुनु र त्यसलाई चीनले समेत समर्थन जनाउनुले उत्साह थपेको छ । तर, नेपालले यसबारे अहिलेसम्म के-कस्ता तयारी गर्दैछ भन्ने बारे कुनै समाचार सार्वजनिक भएका छैनन् ।

संयुक्त वक्तव्यमा भने चीनको ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पनि चर्चा गरिएको छ । पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न भएको र सञ्चालनमा समेत आएको सन्दर्भमा दुवै देशका सरकारले खुसी व्यक्त गरेका छन् ।

पोखरालाई अन्तर्राष्ट्रिय हवाई उडान स्थलसँग जोड्न दुवै सरकारले आ-आफ्नो देशका हवाई उड्ड्यन कम्पनीलाई प्रेरित गर्ने समेत वक्तव्यमा उल्लेख छ । पोखरा विमानस्थलले दुई देश बीचको जनस्तरको सम्बन्ध र क्रियाकलापलाई सघन बनाउने अपेक्षासमेत व्यक्त जारी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved