काठमाडौं। १९औं एसियाली खेलकुदको तेक्वान्दोमा ३ नेपाली खेलाडी पराजित भएका छन्।
चीनको हान्जाउमा चौथो दिन मंगलबार ३ नेपाली तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेका हुन् । लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनी अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा पराजित भए ।
उनले टिमोर लिस्टेका जोस दा कोस्टा सिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेका थिए । प्रि-क्वार्टरफाइनलमा भने उनी थाइल्यान्डका बानलुङ टुबतिम्दाङसँग २–० ले पराजित भए ।
यसैगरी, मंगलबारै भएको महिला ५३ केजीमुनीको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन् । महिला ५७ केजी मुनी अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाईतितिए आउनसँग २–० ले पराजित भइन् । यसअघि, नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन् ।
Facebook Comment
Comment