एसियाली खेलकुद : नेपालका ३ जुडो खेलाडी पराजित

नेपालभ्युज

एसियाली खेलकुद : नेपालका ३ जुडो खेलाडी पराजित

काठमाडौं। १९औं एसियाली खेलकुदमा नेपालका ३ जुडो खेलाडी पराजित भएका छन्।

चीनको हान्जाउमा सोमबार बिहान भएको पुरुष ८१ केजीमुनि खेलमा नेपालका जंगबहादुर सारु फिलिपन्सका जोन भिरोन फेरेरसँग पराजित भएका हुन्।

महिला ५७ केजीमुनिको प्रि-क्वार्टरफाइनल खेलमा नेपाली खेलाडी मनिता श्रेष्ठ तुर्कमेनिस्तानकी मायसा पार्दायेभासँग पराजित भइन्। मनिता मायासासँग १०–० ले पराजित भइन्।

महिला ७० केजीमुनिमा नेपालकी पुनम श्रेष्ठ मङ्गोलियाकी न्याम–इर्देन बाटसुरीसँग १०–० ले पराजित भइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved