छुद्रग्रहबाट नमूना लिएर फर्कियो नासाको अन्तरिक्ष यान

नेपालभ्युज

छुद्रग्रहबाट नमूना लिएर फर्कियो नासाको अन्तरिक्ष यान

एजेन्सी। पृथ्वी नजिकैको क्षुद्रग्रहबाट नमूना लिएर नासाको यान पृथ्वीमा फर्किएको छ ।

छुद्रग्रहबाट फर्किकएको यान उटाह मरुभूमिमा अवतरण गरेको छ। यो अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पहिलो क्षुद्रग्रह नमूना फिर्ता मिशन हो ।

जसको माध्यमबाट हाम्रो ग्रह र सौर्यमण्डल कसरी बन्यो भनेर जान्न अपेक्षा गरिएको छ। साथै ती जीवहरूको उत्पत्ति कसरी भए जसका कारण पृथ्वीमा जीवन सम्भव भयो भन्ने पनि अध्ययन हुनेछ ।

नासाको ओसिरिस आईएक्स अन्तरिक्ष यान सन्  २०२० मा बेनु क्षुद्रग्रहको सतहमा अवतरण भएको थियो ।  त्यसपछि यानले क्षुद्रग्रहबाट चट्टान र धुलोका नमूनाहरू संकलन गरेको थियो । आइतबार उक्त यान क्षुद्रग्रहको सामग्री सहितको नमूना लिएर पृथ्वीमा फर्किएको हो ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved