तेक्वान्दोका प्रेमबहादुर लिम्बु क्वाटरफाइनलबाटै बाहिरिए

नेपालभ्युज

तेक्वान्दोका प्रेमबहादुर लिम्बु क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं। १९ औं एसियाली खेलकुदमा नेपाली तेक्वान्दो खेलाडी प्रेमबहादुर लिम्बुको यात्रा क्वाटर फाइनलमा समाप्त भएको छ।

चीनको हान्जाउमा आईतबार पुम्सेमा अन्तिम ८ को खेलमा लिम्बु प्याट्रिक किंग पेरेजसँग पराजित भएका हुन्।

त्यसअघि लिम्बुले पाकिस्तानी खेलाडी अक्दुस उलाह कादिरलाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका थिए ।

यस्तै, महिला पुम्सेमा स्वस्तिका तामाङ पनि पहिलो चरणमा नै पराजित भइन्। उनी सिंगापुरकी अकिदाह बिन्ते दियानाहसँग पराजित भइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved