चिनारी साकोस सहकारीको साधारणसभा सम्पन्न

नेपालभ्युज

चिनारी साकोस सहकारीको साधारणसभा सम्पन्न

काठमाडौं। गोकर्णेश्वर नगरपालिका ४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

२०६६ सालमा स्थापना भएको संस्था संग आ. व. २०८० को आषाढ मसान्तमा कुल सेयर पुँजी २ करोड ७५ लाख ७१ हजार ४०० रुपैयाँ रहेको छ ।

निक्षेप संकलनतर्फ आ.व. २०७८/०७९ को तथ्याङ्कअनुसार गत आ.ब. २०७९/०८० को आषाढ मसान्तमा कुल निक्षेप रकम रू २१ करोड २३ लाख ६८ हजार २६४ रुपैयाँ रहेको संस्थाले बताएको छ।

ऋण लगानीतर्फ भने संस्थाले आफ्ना सदस्यहरूमा आ.व.२०७९/०८० को आषाढ मसान्त कुल २३ करोड ६४ लाख १५ हजार २७५ रुपैयाँ लगानी गरेको छ ।

यस संस्थाको नाममा विभिन्न बैंकहरूमा रहेको मौज्दात आ.व २०७९/०८० को आषाढ मसान्तसम्म ४ करोड ३१ लाख २२ हजार १०१ रुपैयाँ तरलता कायम रहेको र जुन जम्मा बचत निक्षेपको २०.३% तरलता कायम भएको संस्थाले बताएको छ।

कुल २ करोड ७५ लाख ७१ हजार ४०० रुपैयाँ शेयर पुजी रहेको संस्थामा २५१४ जना सेयर सदस्य रहेका छन्।

संस्थाको १५औं साधारण सभाको आज एक समारोहबीच प्रतिनिधिसभा सदस्य एवम् अर्थ समितिका सभापति सन्तोष चालिसेले उद्घाटन गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved