प्रेममा धोका दिएको इगो साँध्न पूर्वप्रेमिका र छोरीको हत्या

भदौ २७ उनी दुबईबाट घर आइपुगे। घर आएको दुई दिनभित्रै उनले रेवतीलाई हत्या गरेका हुन्। रेवतीको घरभित्र पसेर उनको घाँटी कपडाले कसेर लडाए। त्यसपछि पेट्रोल छर्केर आगो लगाए ।

नेपालभ्युज

प्रेममा धोका दिएको इगो साँध्न पूर्वप्रेमिका र छोरीको हत्या

काठमाडौं। भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा ९ महिनाकी छोरी र २९ वर्षीया रेवती थापाको हत्यामा उनका पूर्व प्रेमी संलग्न रहेको पाइएको छ।

शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भई आगलागीका कारण मृत्यु भएको आशंका भए पनि हत्या भएको खुलेको प्रहरीले दाबी गरेको छ।

रेवती र उनको छोरीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षीय कर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी नवीन कार्कीले बताए।

हत्याको आरोपमा पक्राउ परेका कर्णबहादुर, रेवतीका पूर्व प्रेमी हुन्। फेसबुकबाट जोडिएका उनीहरुबीच प्रेम सम्बन्ध बनेको थियो। उनीहरुबीच चिनापरिचय हुँदा कर्ण विवाहित थिए भने रेवती अविवाहित।

प्रेममा रहँदा कर्णबहादुरले रेवतीको अश्लील फोटो र भिडियोहरू खिचेर राखेका पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। पछि रेवतीले अर्को केटासँग बिहे गरिन्। रेवतीको विवाहलाई कर्णबहादुरले आफूलाई ठुलो धोका ठानेर इगोको रूपमा लिएका रहेछन्।

रेवतीको बिहेको २ वर्षपछि कर्णबहादुरले अश्लील तस्वीर र भिडिओलाई पठाए। त्यहीबाट मनमुटाब सुरु भएको प्रहरीले बताएको छ। मनमुटाब बढ्दै जाँदा कर्णबहादुरले रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको छ।

भदौ २७ उनी दुबईबाट घर आइपुगे। घर आएको दुई दिनभित्रै उनले रेवतीलाई हत्या गरेका हुन्। रेवतीको घरभित्र पसेर उनको घाँटी कपडाले कसेर लडाए। त्यसपछि पेट्रोल छर्केर आगो लगाएको अभियुक्त कर्णले बयान दिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved