बेल्ट एन्ड रोड फोरममा ११० देश सहभागी हुँदै, कस्ता विषयमा छलफल हुन्छन् ?

नेपालभ्युज

बेल्ट एन्ड रोड फोरममा ११० देश सहभागी हुँदै, कस्ता विषयमा छलफल हुन्छन् ?

काठमाडौै। आगामी महिना चीनमा आयोजना हुने तेस्रो ‘बेल्ट एन्ड रोड फोरम’मा एक सय १० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने भएका छन् ।

आगामी अक्टोबरमा हुने तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनमा एक सय १० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने जानकारी सम्बन्धित देशबाट प्राप्त परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङलले मङ्गलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा बताइन् ।

प्रवक्ता माओका अनुसार ‘बेल्ट एन्ड रोड फोरम’अन्तर्गत उद्घाटन समारोह, ‘कनेक्टिभिटी’, हरित विकास र ‘डिजिटल’ अर्थतन्त्रसम्बन्धी तीनवटा उच्चस्तरीय बैठक, सहज व्यापार, जनस्तर एवं विद्वत् व्यक्तित्व आदान-प्रदानलगायत अन्य ६ वटा विषयमा छलफल हुनेछ । फोरमको तयारी द्रुत गतिमा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved