भारतद्वारा क्यानडाका प्रधानमन्त्रीको आरोप खारेज,सार्वभौमसत्तालाई धम्की दिएको ठहर

“हामी क्यानडाका प्रधानमन्त्रीले आफ्नो संसदमा दिएको भनाइ र उहाँको विदेशमन्त्रीको भनाइलाई अस्वीकार गर्छौं। क्यानडामा हुने कुनै पनि हिंसामा भारत सरकारको संलग्नता रहेको आरोप बेतुका छ। यी आरोप पूर्ण रूपमा अस्वीकार गरियो।”

नेपालभ्युज

भारतद्वारा क्यानडाका प्रधानमन्त्रीको आरोप खारेज,सार्वभौमसत्तालाई धम्की दिएको ठहर

एजेन्सी।  भारतीय विदेश मन्त्रालयले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोपलाई अस्वीकार गरेको छ ।

भारतले क्यानडाका प्रधानमन्त्रीको भनाईलाई आधारहीन र खारेजयोग्य भएको टिप्पणी गरेको छ ।

हरदीप सिंह निज्जरको हत्याबारे अनावश्यक कदम चालेको र टिप्पणी गरेको भन्दै क्यानडाले भारतीय कूटनीतिज्ञ पवनकुमार राईलाई देश निकाला गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

आजको क्यानडाको संसदमा प्रधानमन्त्री ट्रुडोले भनेका छन्, “क्यानाडाली एजेन्सीहरूले निज्जरको हत्यामा भारत सरकारको हात हुनसक्ने पक्का भएको छ।”

भारतीय विदेश मन्त्रालयले यस सम्पूर्ण मामिलामा विज्ञप्ति जारी गर्दै भनेको छ- “हामी क्यानडाका प्रधानमन्त्रीले आफ्नो संसदमा दिएको भनाइ र उहाँको विदेशमन्त्रीको भनाइलाई अस्वीकार गर्छौं। क्यानडामा हुने कुनै पनि हिंसामा भारत सरकारको संलग्नता रहेको आरोप बेतुका छ। यी आरोप पूर्ण रूपमा अस्वीकार गरियो।”

भारतले आफ्नो देश विधिको शासनप्रति दृढ प्रतिबद्धता भएको लोकतान्त्रिक देश भएको दाबी गरेको छ ।

यस्ता आधारहीन आरोपहरूले क्यानाडामा आश्रय लिने खालिस्तानी आतंकवादी र अतिवादीहरूबाट ध्यान हटाउन खोज्ने र भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई धम्की दिइरहेका विज्ञप्तीमा उल्लेख छ ।

यस मुद्दामा क्यानाडा सरकारको निष्क्रियता लामो समयदेखि चिन्ताको विषय भएको पनि भारतले जनाएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved