भारतीय सूर्य मिसन एल वन ले वैज्ञानिक तथ्याङ्क सङ्कलन गर्न थाल्यो

नेपालभ्युज

भारतीय सूर्य मिसन एल वन ले वैज्ञानिक तथ्याङ्क सङ्कलन गर्न थाल्यो

एजेन्सी। भारतको पहिलो सूर्य मिशनको रूपमा अन्तरिक्षमा पठाइएको आदित्य एल-वन अन्तरिक्ष यानले वैज्ञानिक तथ्याङ्क सङ्कलन सुरु गरेको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले आफ्नो आदित्य एल-१ मिशनको बारेमा यो जानकारी दिएको छ।

इसरोले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, “स्टेप्स उपकरणका सेन्सरहरूले पृथ्वीबाट ५० हजार किलोमिटर भन्दा बढी टाढाबाट सुपर-थर्मल र ऊर्जावान आयनहरू र इलेक्ट्रोनहरू नाप्न थालेका छन्।”

यो डेटाले वैज्ञानिकहरूलाई पृथ्वी वरपरका कणहरूको व्यवहारको विश्लेषण गर्न मद्दत गर्दछ।आदित्य एल-१ मिसन सेप्टेम्बर २ मा सूर्यको अध्ययन गर्न प्रक्षेपण गरिएको थियो।

यो भारतको पहिलो सूर्य मिशन हो। यस मार्फत अन्तरिक्षमा एक वेधशाला स्थापना गरिनेछ, जसले पृथ्वीको नजिक निगरानी गर्नेछ।

आदित्य एल–१ ले पृथ्वीबाट १५ लाख किलोमिटर पुग्नु पर्ने दुरी छ । यो दूरी पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो, तर सूर्य र पृथ्वी बीचको दूरीको एक प्रतिशत मात्र छ। पृथ्वी देखि सूर्य को दूरी १ सय ५१ मिलियन किलोमिटर छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved