काठमाडौं। अर्थमन्त्री डा प्रकाशसरण महतले कोरोना र आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन्। ‘नेपाल भ्यूजडटकम’ सञ्चालनको तेस्रो वर्ष पुगेको सन्दर्भमा काठमाडौंमा आयोजित नेपालभ्युज कन्क्लेभमा डा महतले अर्थतन्त्रको विगत कोट्याउनुभन्दा पनि भविष्य सोच्न आवश्यक रहेको बताए।
अर्थमन्त्री डा महतले पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेकाले यो क्षेत्रलाई अझ प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘जलविद्युतबाट अर्थतन्त्र उकास्ने सम्भावना छ। यसले रोजगारी उत्पादनमा पनि सहयोग पुग्छ। विप्रेषणबाट आएको पूजीँलाई एकीकृत गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ। कृषि क्षेत्रमा पनि लगानी बढाउनुपर्छ।’
संकटग्रस्त अवस्थामा महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टकटकाउँदै उठेर तङ्ग्रिन खोजेको सन्देश दिन सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए।
Facebook Comment
Comment