बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

नेपालभ्युज

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

बेइजिङ। शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन्।

उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ। टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै शहर र काउन्टीहरूमा मुसलधारे वर्षा भइरहेको छ। जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ।

प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ सहरमा बढी जोखिम रहेको बताएको छ। सेन्जेन, झुहाई र जियाङ्मेन सहरहरू र फोसान, डोङ्गुआन र ग्वाङ्झाउका केही ठाउँहरूमा विद्यालयसमेत बन्द गरिएको छ।

त्यस्तै, ४७ रेल सेवाहरू अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहरू, ६ वटा टोल बुथ र एउटा पुल पुल अवरुद्ध भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved