भारत र पाकिस्तानको खेल आज, वर्षा भएमा ‘रिजर्भ डे’ मा खेलाइने

नेपालभ्युज

भारत र पाकिस्तानको खेल आज, वर्षा भएमा ‘रिजर्भ डे’ मा खेलाइने

एजेन्सी ।  एसिया कप क्रिकेटको सुपर फोरमा आज आइतबार भारत र पाकिस्तान खेल्दैछन् ।

दुई देशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले सुपर फोरको पहिलो खेल खेल्न लागेको हो ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved