ग्रिसमा बाढीका कारण ६ जनाको मृत्यु, बेपत्ताको खोजी जारी

नेपालभ्युज

ग्रिसमा बाढीका कारण ६ जनाको मृत्यु, बेपत्ताको खोजी जारी
सांकेतिक तस्वीर

काठमाडौं । थेसाली क्षेत्रमा दुई वृद्ध महिलाको शव फेला पारेसँगै ग्रिसमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । मध्य ग्रिसमा यस साता आएको भीषण वर्षाका कारण जनधनको ठूलो क्षति भएको बताइएको छ ।

यसअघि बिहीबार बिहान ग्रिसका नागरिक संरक्षण तथा जलवायु संकटमन्त्री भासिलिस किकिलियासले चार जनाको मृत्यु भएको जानकारी दिएका थिए । अन्य ६ जना अझै बेपत्ता भएको बताइएको छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्र थेस्लीका कम्तिमा ६४ जना बाढीमा फसेका छन् । हालसम्म देशभरबाट ८३० जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved