पीटीआईका नेतालाई कारणबिना हिरासतमा लिने चार अधिकारी अदालतको ‘फन्दामा’

नेपालभ्युज

पीटीआईका नेतालाई कारणबिना हिरासतमा लिने चार अधिकारी अदालतको ‘फन्दामा’

एजेन्सी। पाकिस्तानको उच्च अदालतले बिहीबार इस्लामावादका जिल्ला आयुक्त र तीन प्रहरी अधिकारीहरू विरुद्ध तहरीक-ए-इन्साफ पार्टीका दुई नेतालाई हिरासतमा लिएको आरोपमा मुद्दा दायर गरेको छ।

इस्लामावाद उच्च अदालतले यी चार अधिकारीहरूलाई अदालतको अवहेलना गरेको आरोप लगाएको छ।

यी अधिकारीहरूले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका दुई नेतालाई अदालतको आदेशको उल्लङ्घन गर्दै हिरासतमा लिएको आरोप छ।

इस्लामावाद उच्च अदालतका न्यायाधीश बाबर सत्तारले बिहीबार मुद्दाको सुनुवाइ गरेका थिए। सुनुवाइका क्रममा चारै जना अधिकारी अदालतमा उपस्थित थिए । चारैजना अधिकारीले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

चार सरकारी अधिकारीहरूलाई पाकिस्तान तहरीक-ए-इन्साफका नेताहरू शहरयार अफ्रिदी र सान्दना गुलजारलाई सार्वजनिक व्यवस्था कायम गर्ने कानून अन्तर्गत हिरासतमा राखेको आरोप लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved