घट्यो सेयर बजार, कारोबार रकममा सामान्य सुधार

नेपालभ्युज

घट्यो सेयर बजार, कारोबार रकममा सामान्य सुधार

काठमाडौं। साताको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजारको बिहीबार प्रि-ओपन सेसन मै गिरावट देखिएको हो ।

बिहीबार २८ दशमलव ९२ अंकले घटेर सेयर बजार परिसूचक १९३२ दशमलव ४५ विन्दुमा पुगेको छ ।

२ सय ७६ कम्पनीका ३७ लाख ६९ हजार ३३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५ दशमलव ६५ अंकले घटेर ३ सय ७१ दशमलव ५८ विन्दुमा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved