टीआरसी विधेयक अगाडि बढाउन प्रधानमन्त्रीले मागे सभामुखको सहयोग

नेपालभ्युज

टीआरसी विधेयक अगाडि बढाउन प्रधानमन्त्रीले मागे सभामुखको सहयोग

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)लाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेसँग सहयोग मागेका छन् ।

६ महिनादेखि संसदमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन– २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गराउन प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेको सहयोग मागेका हुन् ।

सभामुख घिमिरेले भने उक्त विधेयकका विषयमा दलहरुबीच सहमति गर्न सुझाएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले यसै विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलसँग पनि छलफल गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved