महिला टी–२० विश्वकप छनोट : वर्षाले खेल रद्द भएपछि नेपाल समूह उपविजेता

नेपालभ्युज

महिला टी–२० विश्वकप छनोट : वर्षाले खेल रद्द भएपछि नेपाल समूह उपविजेता

काठमाडौं। नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा पुगेको छ।

बुधबार यूएईविरुद्धको खेल वर्षाका कारण रद्द भएसँगै नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।

आजको खेल जितेको टोली समूह विजेता बन्दै सेमिफाइनल पुग्ने समीकरण थियो। वर्षाले खेल रद्द भएसँगै दुवै टोलीले १–१ अंक प्राप्त गरे। नेपाल र यूएईको समान ९ अंक भए पनि रनरेटका आधारमा नेपाल पछि परेको हो ।

यससँगै शुक्रबार हुने सेमिफाइनल खेलमा नेपालले समूह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। आज नै हुने समूह ’बी’को हङकङ र थाइल्यान्डबीचको खेलले विजेताको टुङ्गो लाग्नेछ।

नेपालले सेमिफाइनलमा जित हासिल गरे महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved