एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी जी–२० शिखर सम्मेलनमा सहभागी हुन बिहीबार भारत प्रस्थान गर्ने बीबीसीले जनाएको छ ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने बताए । उनले राष्ट्रपति द्रौपदी मुर्मुलाई पनि भेट्ने छन् ।
अमेरिकाकी प्रथम महिला ७२ वर्षीय जिल बाइडेनलाई सोमबार कोभिड पोजिटिभ भेटिएको थियो । यसपछि ८० वर्षीय बाइडेनको सोमबार र मंगलबार परीक्षण गरिएको थियो र उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
शुक्रबार उनी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतवार जी–२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन् ।
Facebook Comment
Comment