साइप्रस, इजरायल र ग्रिसद्वारा ऊर्जामा लगानी बढाउने सहमति

नेपालभ्युज

साइप्रस, इजरायल र ग्रिसद्वारा ऊर्जामा लगानी बढाउने सहमति

एजेन्सी । साइप्रस, इजरायल र ग्रिसले ऊर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भू-मध्यसागरबाट युरोपसम्म ऊर्जा करिडोरको सहयोगलाई तीव्र पार्न ती देश सहमत भएका हुन् ।

तीन देशका नेताहरूबीच साइप्रसको निकोसियामा भेट भएको थियो । तीन देशका नेताहरूको संयुक्त छलफलमा भूराजनीतिक विकासका कारण ऊर्जा विविधता र अन्तरसम्बन्ध बढाउन आवश्यक ठानेर पूर्वी भू-मध्यसागरबाट युरोपसम्म ऊर्जा विस्तार गर्न सहमति जुटेको बताइएको छ ।

बैठकमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिट्स, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले ऊर्जा क्षेत्र, प्राकृतिक ग्यास उत्पादन, बिजुली, नवीकरणीय ऊर्जा क्षेत्रमा सहयोगको बलियो आधार बनेको बताइएको छ ।

संयुक्त पत्रकार सम्मेलनमा नेतान्याहुले इजरायल र साइप्रसले तीनपछि ५ महिनाभित्रमा युरोपमा प्राकृतिक ग्यास निर्यात गर्ने निर्णय गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved