नेप्सेमा सामान्य वृद्धि, एक अर्ब ९ करोडको कारोबार

नेपालभ्युज

नेप्सेमा सामान्य वृद्धि, एक अर्ब ९ करोडको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा सोमबार एकल अंकको सामान्य वृद्धि भएको छ । सोमबार सेयर बजार ७.०४ अंकले बढेर १९६७.८३ बिन्दुमा पुगेको हो ।

सोमबार २ सय ७० धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९ करोड ३९ हजार ६९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार थ्री स्टार हाइड्रोपावरको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ ।  यस्तै, दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर लिमिटेड, रुरु जलविद्युत परियोजना, आशा लघुवित्त वित्तीय संस्थासहितको धितोपत्रका मूल्यसमेत बढेको छ ।

यता, कुमारी धनवृद्धि योजना, लिबर्टी इनर्जी कम्पनी,  सिक्लेस हाइड्रोपावर,आरबीबी म्युचुअल फन्ड २, ग्लोबल आईएमई फन्ड १ लगायतका धितोपत्रको मूल्य भने  घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved