गदर-२ ले पाँच सय करोड कमायो, भारतमा सर्वाधिक कमाउने दोस्रो फिल्म

नेपालभ्युज

गदर-२ ले पाँच सय करोड कमायो, भारतमा सर्वाधिक कमाउने दोस्रो फिल्म

एजेन्सी।  सन्नी देवल र अमिषा पटेल स्टारर फिल्म गदर–२ ले बक्स अफिसमा ५ सय करोडको आँकडा पार गरेको छ ।

प्रारम्भिक आँकडा अनुसार आइतबार फिल्मले करिब साढे ८ करोड कमाएको थियो । यो सँगै यो घरेलु बक्स अफिसमा ५ सय करोड वा सोभन्दा बढी कमाउने दोस्रो फिल्म बनेको छ ।

फिल्मले पहिलो हप्तामा २ सय ८४ दशमलव ६३ करोड, दोस्रो हप्तामा १ सय ३४ दशमलव ४७ करोड र तेस्रो हप्तामा ६३ दशमलव ३५ करोड कमाएको थियो ।

रिलिजको चौथो शनिबारसम्म यसले ४ सय ९ दशमलव ३७ करोड रुपैयाँ कमाएको थियो। आइतवारको कलेक्सनको प्रारम्भिक प्रवृत्ति अनुसार फिल्मले करिब ८ करोड ५० लाखको कमाई गर्दै ५ सय करोडको कमाई गरेको छ ।

फिल्म ‘गदर एक प्रेम कथा’को कथा सन् १९४७ को भारत–पाकिस्तान विभाजनमा आधारित थियो । जबकि ‘गदर-२’ को कथा सन् १९७१ को युद्ध सुरु हुनुअघिको हो। ‘एक प्रेम कथा’ पनि निकै हिट भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved