अमेरिकालाई सिरिया–इराकको चेतावनी : हाम्रो सिमानामा सैन्य बल खडा नगर्नू

नेपालभ्युज

अमेरिकालाई सिरिया–इराकको चेतावनी : हाम्रो सिमानामा सैन्य बल खडा नगर्नू

काठमाडौं। सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमिर अब्दुल्लाहियानले सिरिया र इराकको सिमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।

बुधबार बसेको संयुक्त बैठकले आफूहरूको सिमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् ।

सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरूले उत्तरपूर्वी सिरयाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र सम्बद्ध विद्रोही समूहहरू अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गरे ।

त्यस्तै, इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नोक्सान नपुर्‍याउन आग्रह गरे । उनले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिए । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानुनअनुरूपको नभएको बताए ।

सिरियाली विपक्षी कार्यकर्ताहरूले हालै मात्र दिएको रिपोर्टमा संयुक्त राज्य अमेरिका सिरिया–इराक सीमा क्षेत्रमा इरानी प्रभाव रोक्नका लागि नयाँ योजना बनाएर अघि बढेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved