क्रिकेट संघ कर्णालीको अध्यक्षमा खड्का

नेपालभ्युज

क्रिकेट संघ कर्णालीको अध्यक्षमा खड्का

सुर्खेत । नेपाल क्रिकेट संघ(क्यान) कर्णाली प्रदेशको अध्यक्षमा पदमबहादुर खड्का चयन भएका छन् । संघको कर्णाली भेलाले अध्यक्षमा खड्कालाई निर्विरोध चयन गरेको हो ।

खड्काको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन भएको छ ।

संघको उपाध्यक्षमा खड्कजंग शाही(कालिकोट), सचिवमा श्रीधर केसी(सुर्खेत र कोषाध्यक्षमा सूर्य थापा(सुर्खेत) चुनिएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा बालकुमार नकाल, कुलप्रसाद ओली (रुकुम पश्चिम), सविन हमाल, बुलन्द बाबु सेजुवाल (सल्यान), दमनराज शाही (कालिकोट), प्रकाश भुषाल (सुर्खेत), पवनकुमार थापा, समुन्द्र शाही, मनोज थापा (दैलेख) चयन भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved