एजेन्सी । कुरिलो कम क्यालोरी भएको औषधी जस्तै हो । हामी सबैलाई थाहा छ यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । तर के तपाईंलाई थाहा छ ? कुरिलोको सेवन गरेर तपाईं तौल कम गर्न पनि सक्नुहुन्छ ।
कुरिलोका फाइदा
कुरिलो चिसो खानेकुरा मानिन्छ । यसमा पर्याप्त मात्रामा एन्टीअक्सीडेन्ट पाइन्छ । यसलाई दैनिक सेवन गर्नाले बाथ तथा पित्तलाई कम गर्न सकिन्छ । यसमा पाइने पोषक तत्वले मुटु, मृगौला तथा आँखाका विमारीहरुबाट निजात पाउन सकिन्छ ।
छालाका लागि फाइदा
कुरिलोमा ग्लूटाथियोन नामक एन्टीअक्सीडेन्ट्स पाइन्छ जो छालामा उमेर बढ्दै जाँदा पर्ने असरलाई कम गर्न तथा अनुहारमा आउने दागधब्बाहरुबाट जोगाउँछ । यसको सेवनले तपाईं उमेर भन्दा जवान देखिनुहुनेछ ।
तौल घटाउने तरिका
कुरिलोभित्र घुलनशील तथा अघुलनशील फाइबर पाइन्छ जसले तौल कम गर्न सहयोग गर्छ । कुरिलोको सेवनले मेटाबोलिज्मलाई बुस्ट गर्न सकिन्छ जसले गर्दा तौल तीव्र गतिमा कम हुन थाल्छ ।
कसरत गर्न नछोडौं
यदी तपाईं तौल कम गर्न चाहनुहुन्छ भने दैनिक कुरिलोको सेवनसँगै कसरत पनि अनिवार्य हुन्छ । शारीरिक व्यायाम, योग तथा हिँड्डुल गर्नाले शरीरमा स्फूर्ति बढिरहन्छ । साथै यसरी खानपान र कसरतलाई मिलाएर लग्न सक्यो भने तौल कम हुँदै जान्छ ।
कुरिलो सेवन गर्ने तरिका
यदी तपाईं तौल कम गर्न चाहनुहुन्छ भने कुरिलोलाई आधा गिलास मनतातो दुधमा मिसाउनुहोस् । तपाईं रातमा सुत्नुअघि यसको सेवन गर्न सक्नुहुन्छ । केही व्यक्तिलाई यसको स्वाद मन नपर्न सक्छ त्यसका लागि तपाईं दुधमा सुकमेल तथा मह मिसाएर पनि पिउन सक्नुहुन्छ ।
हड्डी हुन्छन् बलियो
कुरिलोमा फोलेटको राम्रो मात्रा हुन्छ जसले गर्दा हड्डीहरु पनि बलियो हुन्छ । यसका साथै कुरिलोमा पाइने पोषक तत्वले मानसिक समस्याहरुबाट बचाउने काम पनि गर्छ ।
Facebook Comment
Comment