सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित, एसिया कप खेल्न भोलि पाकिस्तान जाँदै

नेपालभ्युज

सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित, एसिया कप खेल्न भोलि पाकिस्तान जाँदै

काठमाडौं। नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी हेर्न नभ्याइनेमा परेको छ । सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले अर्को पेसी यही भदौ २१ गते तोकिएको बताए।

आइतबार अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पाँचौँ नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने भनेर स्थगित गरिएको हो ।

अर्को पेसी भदौ ११ दिनपछि भएकाले सन्दीप एसिया कप खेल्न पाकिस्तान जाने भएका छन्। नेपाली टोली यसअघि नै पाकिस्तान गइसकेको भए पनि सन्दीप मुद्दाका कारण यतै रोकिएका थिए। १३ गतेदेखि खेल सुरु हुनेछ।

सुनुवाइ स्थगित भएसँगै एसिया कपका लागि उनको पाकिस्तान यात्रा तय भएको छ। उनी भोलि (सोमबार) नै पाकिस्तान जाने बताइएको छ।

नेपालको पहिलो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा पाकिस्तानसँग पहिलो खेल रहेको छ। दोस्रो खेल भारतविरुद्ध १८ गते छ। अर्को पेसीअघि सन्दीपले दुवै खेल खेल्न पाउनेछन्।

यदि नेपाल समूह चरण पार गर्दै शीर्ष चारमा उक्लिएको खण्डमा भने सन्दीप फेरि नेपाल आउनु पर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved