साताको अन्तिम कारोबार दिन नेप्सेमा ३१.५२ अंकको उच्च गिरावट

नेपालभ्युज

साताको अन्तिम कारोबार दिन नेप्सेमा ३१.५२ अंकको उच्च गिरावट
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा पुनः गिरावट भएको छ ।  बिहीबार बजार परिसूचक नेप्से १.५४ प्रतिशतको उच्च गिरावट हुँदा २०१३.९३ को विन्दुमा बन्द भएको छ ।

नेप्सेमा सबै उपसूचमा गिरावट हुँदा बिहीबार वित्त कम्पनी र हाइड्रोपावर उपसूचकमा सर्वाधिक गिरावट हुँदा जीवन बिमा, निर्जीवन बिमा र विकास बैंक उपसूचकमा पनि २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।

बिहीबार नेप्सेमा ४० हजार ८०० वटा कारोबारमा ४६ लाख ५७ हजार १३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५५ करोडको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २ सय २७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । १७ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved