रातभर झरी पर्यो, ठाउँ ठाउँमा बाढीको चेतावनी, भोलि बेलुकादेखि मौसममा सुधार हुने

लामो झरीका कारण बाढी र पहिरोको उच्च जोखिम भएकाले नदी किनार र भिरालो जग्गामा बसोबास गर्नेहरुले सर्तकता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

नेपालभ्युज

रातभर झरी पर्यो, ठाउँ ठाउँमा बाढीको चेतावनी, भोलि बेलुकादेखि मौसममा सुधार हुने

काठमाडौं । केही दिनदेखि देशभर झरी परेको छ । मनसुन सक्रिय भएका कारण पूर्वदेखि पश्चिमसम्म नै झरी परेको हो ।

पछिल्लो ६ घण्टामा सप्तरीको बरमझियामा ६३ मिलिमिटर पानी परेको छ । यस्तै झापाको कन्काई  र नवलपुरको देउराली मापन केन्द्रमा ७५ मिलिमिटर वर्षा भएको छ । पोखरा, लमजुङ्, गोरखा, पाल्पा, मकवानपुर, तनहुँ, बाजुरा लगायतका जिल्लामा पनि ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लामो झरीका कारण बाढी र पहिरोको उच्च जोखिम भएकाले नदी किनार र भिरालो जग्गामा बसोबास गर्नेहरुले सर्तकता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

गएको आइतबारदेखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित हुन थालेको छ । भोलि  शुक्रबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । भोलि बेलुकादेखि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved