विरोधका बीच जापानको निर्णय : परमाणु दूषित पानी बिहीबारबाट समुद्रमा फाल्ने

नेपालभ्युज

विरोधका बीच जापानको निर्णय : परमाणु दूषित पानी बिहीबारबाट समुद्रमा फाल्ने

काठमाडौं। जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फाल्न सुरु गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बिहीबारदेखि दूषित पानी समुद्रमा फाल्ने निर्णय गरेको हो ।

सरकारको सो निर्णयको चौतर्फी विरोध भइरहँदा सरकारले भने दूषित पानी समुद्रमा फाल्ने मिति तय गरेको छ।

समुद्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरूका साथै मत्स्य व्यवसायी र स्थानीयहरूले सरकारको निर्णयको विरोध गरिरहेका छन् ।

जापानी सरकारले परमाणु दूषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरूले विरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved