२०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

नेपालभ्युज

२०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं। मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० र चाँदीको मूल्य २५ रुपैयाँले बढेको जनाएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाले बढेर १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर कारोबारमा आएको छ । महासंघका अनुसार मूल्य बढेसँगै आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved