उजुरीकर्ता एसके तिमल्सिनाको जिकिर- प्रधानन्यायाधीशको नियुक्ति नै असंवैधानिक

संसदीय सुनुवाइमा बोल्दै उजुरीकर्ता शान्ति कुमार तिमिल्सिना अर्थात् एसके तिमल्सिनाले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नियुक्ति नै गैरकानूनी भएको दाबी गरेका छन् ।

नेपालभ्युज

उजुरीकर्ता एसके तिमल्सिनाको जिकिर- प्रधानन्यायाधीशको नियुक्ति नै असंवैधानिक

काठमाडौं । संसदीय सुनुवाइमा बोल्दै उजुरीकर्ता शान्ति कुमार तिमिल्सिना अर्थात् एसके तिमल्सिनाले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नियुक्ति नै गैरकानूनी भएको दाबी गरेका छन् । श्रेष्ठको नियुक्ति असंवैधानिक भन्दै उनले नियुक्ति बदरको माग समेत गरेका छन् ।

उनको भनाइ छ–

यो निर्णय गैर कानूनी हो । नियुक्ति प्रक्रिया सही भएन । संवैधानिक परिषद्ले काम गर्न कानूनी रिक्तता छ । यससम्बन्धी ऐन संसदमा विचारधीन छ । यो अवस्थामा कसरी प्रधानन्यायाधीश कसरी नियुक्त हुन्छ ?

व्यक्तिको विषयमा मेरो चिनचान, लेनदेन केही छैन । उजुरीमा उहाँबारे कतै मैले लेखेको छैन । विधि र प्रकृया संवैधानिक परिषद्ले मिच्यो भन्ने मेरो कुरा हो । कानून किन पालना हुँदैन ?

राज्यले गर्ने हरेक काम कानूनअनुसार हुनुपर्छ । प्राधानन्यायाधीशमाथि परेका तीनवटा उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved