ब्राजिलमा फुटबल समर्थक बोकेको बस दुर्घटना, सात जनाको ज्यान गयो

नेपालभ्युज

ब्राजिलमा फुटबल समर्थक बोकेको बस दुर्घटना, सात जनाको ज्यान गयो

एजेन्सी।  ब्राजिलको पहाडी सडकमा फुटबल फ्यान बोकेको बस दुर्घटना भएको छ ।

घटनामा सात जनाको मृत्यु भएको छ भने २७ जनालाई अस्पतालमा भर्ना गरिएको छ । मिनास गेराइस राज्यको बेलो होरिजोन्टे नजिकैको राजमार्गमा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

यात्रुका अनुसार नियन्त्रण गुमाउनु अघि चालकले बसको ब्रेकले काम नगरेको भन्दै चिच्याएका थिए । साओ पाउलोको कोरिन्थियन्स फुटबल क्लबका ४० भन्दा बढी प्रशंसकहरू बसमा थिए, उनिहरु अघिल्लो रात बेलो होरिजोन्टेमा खेलबाट फर्किरहेका थिए।

देशको राष्ट्रिय भूमि यातायात एजेन्सी (एएनटीटी) ले  दुर्घटनाग्रस्त बस दर्ता नभएको राज्यहरू बीच यात्रुहरू बोक्ने अधिकार नभएको बताएको छ । ब्राजिलभरका क्लबहरू, साथै ब्राजिलियन फुटबल कन्फेडेरेसनले पीडितका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved