काठमाडौंबाट तिब्बत हुँदै ४० गाडी चामल हुम्ला पुग्दै, नेपालको भन्दा चीनको बाटो सस्तो

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हुम्लाका लागि खाद्यन्न बोकेका गाडी आइतबार काठमाडौंबाट छुटेका छन् ।

नेपालभ्युज

काठमाडौंबाट तिब्बत हुँदै ४० गाडी चामल हुम्ला पुग्दै, नेपालको भन्दा चीनको बाटो सस्तो
काठमाडौंबाट चीनको केरुङ हुँदै हुम्ला जाने गाडीहरु तयारी अवस्थामा ।

काठमाडौं। खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हुम्लाका लागि खाद्यन्न बोकेका गाडी आइतबार काठमाडौंबाट छुटेका छन् ।

जिल्लामा खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पठाएको हो ।

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जिल्लामा खाद्यन्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म सो चामल चालीस वटा गाडीमा ढुवानी गरी हुम्ला ल्याउन लागिएको बताए ।

यसअघि ढुवानीको जिम्मा पाएको सप्लायर्सले काठमाडौंमा लिमिटेडबाट खाद्यन्न बुझेर गाडी लोड गरिएको र तिब्बती मार्गबाट ढुवानी गर्न प्रक्रिया मिलाएर खाद्यन्न लोड गाडी हिडेको  उनले बताए ।

उक्त खाद्यन्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्रको बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाको लागि ढुवानी गरिएको उनको भनाइ छ ।

यो मार्गबाट आउनु पर्ने सो खाद्यन्न अघिल्लो आर्थिक वर्षको खाद्यन्न हो । तिब्बती मार्ग भएर ढुवानी भएर आउने खाद्यन्न हवाइमार्गको खाद्यन्नभन्दा ढुवानीदर सस्तो पर्नेछ ।

उनले काठमाडौं, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यन्न प्रतिक्विन्टल सात हजार पाँच सय र नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यन्न चार हजार आठसय रुपैयाँ ढुवानी शुल्क लाग्ने बताए ।

जबकि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यन्नको हवाइ भाडा प्रतिक्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्विन्टल १५ हजार पाँचसय रपियाँ लिमिटेडले तिर्दैआएको छ । गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved