रुसको लुना-२५ यान चन्द्रमामा दुर्घटनाग्रस्त

नेपालभ्युज

रुसको लुना-२५ यान चन्द्रमामा दुर्घटनाग्रस्त

काठमाडौँ । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना-२५ अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको  रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि  दुर्घटनामा परेको उक्त यानको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा पानी जमेको वा अन्य महत्त्वपूर्ण खनिजहरू हुनसक्ने अनुमानबारे अध्ययन गर्नु रहेको बताइएको छ ।

यो सँगै दक्षिणी ध्रुवमा भारतभन्दा पहिला पुग्ने रुसको यो होड असफल भएको छ । भारतले आफ्नो चन्द्रयान-३ यसै साता चन्द्रामाको सतहमा अवतरण गराउँदै छ ।

हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले आफ्नो अन्तरिक्षयानलाई सफलतापूर्वक अवतरण गराएका छैनन् ।

गत अगस्ट १० मा प्रक्षेपण गरिएको लुना-२५ चन्द्रमाको कक्षमा ६ दिनपछि पुगेको थियो । तत्कालीन सोभियत युनियनले लुना-२४ मिसन सन् १९७६ मा प्रक्षेपण गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved