निगमद्वारा काठमाडौं-साउदी अरब सीधा उडानका लागि टिकट बुकिङ खुला

नेपालभ्युज

निगमद्वारा काठमाडौं-साउदी अरब सीधा उडानका लागि टिकट बुकिङ खुला

काठमाडौं। नेपाल वायुसेवा निगमले शनिबारदेखि काठमाडौंबाट साउदी अरबको दमाममा नियमित सीधा उडानका लागि टिकट बुकिङ्ग खुला गरेको छ ।

आफ्नो ११ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गर्दै  निगमले भदौ २० गतेदेखि सो उडान सञ्चालन गर्ने जनाउँदै टिकट बुकिङ्ग खुला गरेको हो ।

उडान तालिकाअनुसार काठमाडौं-दमाम–काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने छ । यद्यपि, बजारको मागअनुसार सङ्ख्या बढाउँदै लैजाने योजना रहेको समेत निगमले जनाएको छ ।

यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट सकिने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved