काठमाडौं । अरु बैंकको तुलनामा ग्लोबल आइएमई बैंकले भदौ महिनामा बढी ब्याज दिने भएको छ । ग्लोबल आइएमई बैंकले भदौ महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा व्यक्तिगत निक्षेपमा अधिकतम् वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम् वार्षिक ९.३९६ प्रतिशत ब्याज व्यवस्था गरेको छ ।
वैदेशिक रोजगारीमा गइ विदेशी भूमिलाई कर्मक्षेत्र बनाइ आयआर्जन गरेका व्यक्तिहरुको कमाइलाई बैंकिङ्ग माध्यमबाट नेपालमा ल्याउन महत्वपूर्ण योगदान गरिरहेको ग्लोबल आइएमई बैंकले बचत तथा मुद्दतीतर्फ अन्य बैंकहरुले प्रकाशन गरेको ब्याजदरभन्दा उच्चतम् ब्याजदर प्राकशित गरेको छ ।
सामान्यतया बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् तर ग्लोबल आइएमई बैंकले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिएको प्रकाशित ब्याजदरको सूचनामा देखिएको छ ।
रेमिट्यान्सतर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत रहेको छ । बैंकहरुको प्रकाशित ब्याजदरलाई हेर्ने हो भने बैंकको विभिन्न बचत निक्षेप योजनाहरुमा पनि उच्चतम् ब्याजदर प्रकाशन गरेको देखिन्छ ।
बैंकको सबै नेपालीको बचत खाता तथा सोचेजस्तै बैंक खातामा वार्षिक ७.९६६ प्रतिशत र ग्लोबल रेमिट बचत खातामा वार्षिक ९.९६६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ ।
मुद्दती निक्षेपतर्फ ३ महिना वा सोभन्दा धेरै अवधि भएका मुद्दती योजनाहरुमा ग्लोबल आइएमई बैंकले वार्षिक १०.८९६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ । उक्त मुद्दती योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित गरेको मध्य उच्चतम् ब्याजदर हो ।
संस्थागत निक्षेपतर्फ पनि बैंकले प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित ब्याजदरमध्ये अधिकतम् नै देखिन्छ । न्यूनतम् ६ महिना वा सोभन्दा बढी अवधि भएको संस्थागत निक्षेपमा वार्षिक ९.३९६ प्रतिशत प्रकाशित गरेको छ ।
Facebook Comment
Comment