८ अंकले बढ्यो नेप्से, १ अर्ब ५४ करोडको कारोबार

नेपालभ्युज

८ अंकले बढ्यो नेप्से, १ अर्ब ५४ करोडको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ अंकले बढेर बन्द भएको छ । आज  ०.३९ अंकले बढेसँगै परिसूचक २०३३ अंकमा पुगेर रोकिएको हो ।

परिसूचक ८ अंकले बढेको दिन आज १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ७८ वटा कम्पनीको मूल्य भने घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर कायम छ । यस क्रममा आज १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर किनबेच भएको छ ।

हिजो बुधबार नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको थियो । त्यसक्रममा १ अर्ब ६७ अर्ब रुपैयाँको कारोबार भएको थियो । जुन, आज बिहीबारको तुलनामा धेरै हो ।

नेप्से परिसूचक ८ अंकले बढ्दा आज म्युचुअल फन्ड समूहको सूचकमा भने गिरावट आएको छ । यसबाहेक अन्य १२ वटै समूहको सूचक बढेको छ। होटल र टुरिजम समूहको सूचक ११२ अंकले बढेको छ जीवन बिमा समूहको सूचक ९० अंक बढेको छ । यस्तै, व्यापार समूहको सूचक ७१ अंकले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved