सहकारी संस्थाहरूको अनुगमन नगरेको भन्दै सरकारको आलोचना

नेपालभ्युज

सहकारी संस्थाहरूको अनुगमन नगरेको भन्दै सरकारको आलोचना

काठमाडौं।  प्रमुख राजनीतिक दलका नेताहरूले सहकारी संस्थाहरूको अनुगमन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका नेता खगराज अधिकारी, नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले लगायतले कडा कानुन र अनुगमनमा कडाइ नगरेका कारण सहकारी संस्थाहरूमा विकृति भित्रिएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सत्तारूढ माआवादी केन्द्रका नेता पोखरेलले सहकारी संस्थाहरू समाजवादमा जाने मुख्य आधार भएकाले सरकारले त्यसलाई सोहीअनुसार अघि बढाउनुपर्ने बताए । उनले जथाभावी सहकारी संस्था दर्ता प्रक्रिया अघि नबढाउन पनि सरकारलाई सचेत गराए ।

यता, एमालेका नेता खगराज अधिकारीले सरकारले ध्यान नदिएका कारण सहकारी संस्थाहरूमा विकृति भित्रिएको आरोप लगाए । उनले सहकारी संस्थाहरूको उचित परिचालन हुनेगरी कानुन संशोधन गर्न पनि सरकारसँग माग गरे । सरकारले सहकारी संस्थाहरूलाई आवश्यक सहुलियत र सुविधाहरू पनि उपलब्ध गराउनुपर्ने नेता अधिकारीको भनाइ थियो । नेता अधिकारीले केही सहकारी संस्थाहरूको कमजोरीलाई लिएर सबै सहकारी उस्तै हुन् भन्ने भनाई सही नभएको पनि बताए ।

यस्तै, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का पूर्वअध्यक्ष केशव बडालले सहकारीबारे गहियाईमा पुगेर बुझ्न र त्यसको सचित व्यवस्थापन हुने गरी नीतिगत निर्णयहरू गर्न सरकार, संसद र राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । उहाँले संविधानमा व्यवस्था गरे अनुसारको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सहकारी विकल्प नभएको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै कानुनविद् काशीराज दाहालले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्नका लागि कानुनमा सुधार र नियमनको कामलाई सरकारले प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । उनले यस क्षेत्रको सुशासन प्रवद्धनका लागि सहकारी अभियानकर्ताहरूले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।

कानुनविद् दाहालले सहकारीको रकम हिनामिना गर्नेहरूमाथि कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved