धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनकाण्डबारे उच्च स्तरीय छानबिन समिति गठन नहुँदासम्म एमालेको विरोध रहिरहने बताएका छन् ।
कैलालीमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार आफैं सुन तस्करी प्रकरणमा संलग्न भएको पुष्टि हुन लागेकाले उच्चस्तरीय छानबिन आवश्यक रहेको बताएका हुन् ।
महासचिव पोखरेलले सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुसमेत सुन प्रकरणमा फस्ने देखिएपछि सरकार उच्चस्तरीय छानबिन समिति बनाउन अनिच्छुक रहेको दाबी गरे ।
सरकारमा रहेका र तिनका नेताहरुलाई जोगाउन सरकार अनेक प्रपञ्च रचिरहेको पोखरेलले आरोप पनि लगाए । पोखरेलले देशमा देखिएको आर्थिक संकटमा युक्रेन–रसिया युद्धको कुनै प्रभाव नरहेको दाबी गरे । वर्तमान गठबन्धन सरकारकै कारण देशमा आर्थिक संकट देखिएको उनको भनाइ छ ।
Facebook Comment
Comment