मैत्रीपूर्ण खेलमा नेपाल पराजित

नेपालभ्युज

मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौ। नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा भारत २–१ गोल अन्तरले विजयी भएको छ। दोस्रो हाफको ६२ औं र ८० औं मिनेटमा गोल गर्दै भारतले खेल जितेको हो।

दोस्रो हाफमा मैदान प्रवेश गरेका भरतीय खेलाडी फारुख चौधरीले आफ्नो टीमका लागि पहिलो गोल गरे। त्यसैगरी खेलको ८० औ मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले दोस्रो गोल गरे।

नेपालले खेलको ८६ औं मिनेटमा सान्तवना गोल फर्काएर गोल अन्तर कम गरे पनि विजयी हुन सकेन। नेपालका तेज तामाङले गोल गरे।
नेपालले भारतलाई पहिलो हाफमा निकै दबाबमा राखेको थियो। तर, नेपालले राम्रो खेल प्रर्दशन गरे पनि फिनिसिङमा कमजोर रह्यो । गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved